°
, June 1, 2023 in

मेसीको अर्जेन्टिना लेवान्डोस्कीको पोल्यान्डसँग भिड्दै, को पुग्ला नकआउट ?

SHARE:

कतार विश्वकपमा आज समूह सीका अन्तिम खेलहरु हुँदैछन्। जसमा दुई स्टार खेलाडीहरु लियोनल मेसी र रोबर्ट लेवान्डोस्कीको टिम आमने सामने हुँदै छन्।

मेसीको अर्जेन्टिना र लेवान्डोस्कीको पोल्यान्डबीचको खेल स्टेडियम ९७४ मा राति १२ः४५ बजे हुने छ। दुवै टिम नकआउट पुगिनसकेकाले यो खेल दुवैका लागि निकै महत्वपूर्ण छ।

मेक्सिको र साउदी अरेबिया पनि रहेको यो समूहमा ४ अंक जोडेको पोल्यान्ड शीर्ष स्थानमा छ भने ३ अंक मात्र जोडेको अर्जेन्टिना दोस्रो स्थानमा छ। यो समूहबाट मेक्सिको र साउदीको पनि नकआउट पुग्ने सम्भावना कायमै छ।

अर्जेन्टिनासँग मैदानमा उत्रँदा पोल्यान्ड केही सहज अवस्थामा हुनेछ। उसलाई नकआउट पुग्न बराबरी नै काफी छ। तर, अर्जेन्टिनालाई जित नै चाहिन्छ। बराबरीले पनि उसको सम्भावना त रहन्छ, त्यसका लािग अन्य खेलको नतिजा भर पर्नुपर्ने हुन्छ।

पहिलो खेलमा अप्रत्यासित रुपमा साउदी अबेरियासँग पराजित भएको मेसीको अर्जेन्टिनाले दोस्रो खेलमा मेक्सिाकोलाई २–०ले हराएको थियो । यता, मेक्सिकोसँग बराबरी खेलेको पोल्यान्डले दोस्रो खेलमा साउदी अरेबियामाथि २–०को जित निकालेको थियो।

अर्जेन्टिना कठीन मोठमा देखिएपनि उसका कप्तान लियोनल मेसी भने लयमा देखिएका छन्। उनले अघिल्ला दुइृ खेलमा अर्जेन्टिनाले गरेका तीन नै गोलमा मेसीले मुख्य भूमिका खेलेका छन्। जसमा उनले २ गोल १ असिस्ट गरेका छन्।

सम्भवतः करिअरको अन्तिम विश्वकप खेलिरहेका पोल्यान्डविरुद्धको खेल मेसीका लागि भावनात्मक पनि हुनेछ। लेवान्डोस्की पनि मेसीकै अवस्थामा हुनेछन्। उनका लागि पनि सम्भवतः यो अन्तिम विश्वकप हो।

सन् २०२२ मै मेसीले आफ्नो देशका लागि १३ गोल गरिसकेका छन् । यो एक वर्षमा उनको अहिलेसम्मकै सबैभन्दा राम्रो प्रदर्शन पनि हो । मेक्सिकोविरुद्धको खेलपछि उनी केही चोटग्रस्त देखिएका थिए । तर, उनले नै त्यसबारे केही चिन्ता गर्न आवश्यक नरहेको बताइसकेका छन् । पोल्यान्डका लागि ३४ वर्षीय लेवान्डोस्कीले साउदी अरेबियाविरुद्ध गोल गरेपछि केही राहत महसुस गरेका छन् ।

उनी अब आफ्नो टिमलाई नकआउट चरण पुर्‍याउन चाहन्छन्, जहाँ सन् १९८६ यता पुग्न सकेको छैन । अर्जेन्टिनी समर्थकलाई लेवान्डोस्कीप्रति डर रहनेछ, आखिरमा उनी उत्तिकै उम्दा खेलाडी हुन् ।

तर उनीभन्दा ठूला स्टार भने मेसी नै हुन् । उनी आफ्नो खेलजीवनको अन्त्य पुगेर पनि उत्तिकै राम्रो खेलिरहेका छन् । उनी एक्लैले खेलको रूप नै मोड्न सक्छन् । प्रश्न हो, के एकपल्ट फेरि उनले अर्जेन्टिनाका लागि यस्तै गर्न सक्नेछन् त ?

SHARE: