°
, June 7, 2023 in

आईपिएलमा सचिन तेन्दुलकरका छोराको डेब्यू

SHARE:

भारतीय पूर्व स्टार क्रिकेटर सचिन तेन्दुलरका छोराले इन्डियन प्रिमियर लिग (आईपिएल)मा डेब्यू गरेका छन्। सचिनका छोरा २३ वर्षीय अर्जुनले कोलकाता नाइट राडर्सविरुद्ध मुम्बई इन्डियन्सका लागि डेब्यू गरेका हुन्।

अघिल्लो सिजनदेखि नै टिममा रहेका अर्जुनले आइतबार मात्र डेब्यूको अवसर पाएका हुन्। सचिनले पनि मुम्बईबाटै आईपिएपलमा डेब्यू गरेका थिए। उनलाई कप्तान रोहित शर्माले डेब्यू क्याप दिएका थिए।

२३ वर्षीय बलिङ अलरान्डर अर्नुज यो सिजन फर्ममा छन्। उनले गत डिसेम्बरमा फस्टक्लास क्रिकेटमा डेब्यू खेलमा रणजी ट्रफीमा शतकसँगै ३ विकेट लिएका थिए।

जारी खेलमा अर्जुनले २ ओभरमा विना विकेट १७ खर्चिएका छन्।

बाबु र छोराले आईपिएल खेलेको यो पहिलो पटक हो। सचिन अहिले मुम्बईका मेन्टर हुन् ।

SHARE: