°
, June 4, 2023 in

मनाङलाई रोक्दै लिग उपविजेता बन्यो आर्मी, मनाङ पाँचौं

SHARE:

विभागीय त्रिभुवन आर्मी क्लबले सहिद स्मारक ए डिभिजन लिग दोस्रो स्थानमा सकाएको छ। लिगको अन्तिम खेलमा मनाङ मर्स्याङ्दी क्लबलाई बराबरीमा रोक्दै आर्मी यो पटक पनि उपविजेता बनेको हो ।

लिगको अन्तिचम चरणअन्तर्गत शनिबार दशरथ रंगशालामा भएको खेल १–१ गोलको बराबरीमा सकिएको थियो । आर्मीसँग बरारबीमा रोकिएपछि मनाङ भने पाँचौं भएको छ।

त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा भएको रोमान्चक खेलमा सुरुआती अग्रता भने मनाङले बनाएको थियो । ४५ औं मिनेटमा कप्तान अन्जन विष्टले गोल गर्दै मनाङलाई अग्रता दिलाएका थिए । तर, खेलको ७६ औं मिनेटमा मनाङका डिफेन्डर फ्रान्कलिन कुएटाले आत्मघाती गोल गरेपछि आर्मीले १–१ गोलको बराबरी गरेको हो ।

यस बराबरीसँगै आर्मीले १३ खेलमा २३ अंक जोड्यो । र, आर्मी लिगको उपविजेता बन्यो । लिगमा अपराजित रहेको आर्मीले ५ जित र ८ बराबरी खेल्यो । न्युरोड टिम एनआरटीसँग अंक बराबरी भएपनि हेड टु हेडमा आर्मी अघि रहेको हो ।

मनाङले १३ खेलमा २१ अंक जोड्यो, र उ पाँचौं स्थानमा रह्यो । मनाङले ६ जित ३ बराबरी र ४ हार व्यहोर्यो ।

उपविजेता बनेसँगै आर्मीले ५० लाख रुपैयाँ प्राप्त गरेको छ।

SHARE: