भरत खवासको गोलमा आर्मीको पहिलो जित

जारी सहिद स्मारक ए डिभिजन लिगमा विभागीय टिम त्रिभुवन आर्मी क्लबले पहिलो जित निकालेको छ। आइतबार साँझ दशरथ रंगशालामा भएको खेलमा कप्तान भरत खवासले निर्णायक गोल गरेपछि आर्मीले ब्रिगेड बोइजमाथि १–०को जित निकाःल्यो।

बराबरीतर्फ अग्रसर खेलमा भरतले खेलसकिन ५ मिनेट बाँकी छँदा गोल गरेका थिए। खेलमा ब्रिगेड बोइजमाथि दबाब बनाए पनि आर्मीले गोल गर्न निकै संघर्ष गरेको थियो।

जितपछि ३ खेलबाट ५ अंक जोडेर चौथो स्थानमा उक्लिएको छ । यसअघि दुवै खेलमा आर्मी बराबरीमा रोकिएको थियो । यता, ब्रिगेड बोइजको यो पहिलो हार हो । यसअघि उसले एक जित र एक बराबरी नतिजा निकाले थियो ।