च्यासलमाथि आर्मीको जित, उपाधि होडमा फर्कियो

विभागीय टिम त्रिभुवन आर्मीले ए डिभिजन लिगको चौथो चरणमा जित निकालेको छ। शुक्रबार त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा भएको खेलमा आर्मीले च्यासल युथ क्लबमाथि २–०को जित निकाल्यो।

च्यासलमाथिको जितसँगै आर्मीले आफूलार्य उपाधि होडमा फर्काएको छ । सुरुआती २ खेलमा बरारबी खेलेपछि दाबबमा परेको आर्मीले त्यसपछि दुवै खेलमा जित निकाल्दै आफूलाई उपाधि होडमा फर्काएको हो।

लिगमा अपराजित रहेको आर्मीको २ जित र २ बरारबीसहित ८ अ)क भएको छ। उ तालिकाको दोस्रो स्थानमा उक्लिएको छ । ऊ शीर्ष स्थानको मनाङभन्दा २ अंकले पछि छ। च्यासल भने चार खेलबाट ४ अंकसहित नवौं स्थानमा रहेको छ ।

आर्मीको जितमा जर्जप्रिन्स कार्की र जगजति श्रेष्ठले गोल गरेका थिए । दुवै गोल पहिलो हाफमा सम्भव भएको थियो।

खेलको १९ औं मिनेटमा हेडिङमार्फत् गोल गर्दै जर्जप्रिन्सले आर्मीलाई अग्रता दिलाए । उनले टंक बस्नेतको क्रस गोल गरेका थिए । यस्तै, ३६औं मिनेटमा जगजितले गोल गर्दै आर्मीलाई पहिलो हाफमा २–०को अग्रता दिलाए । अस्ट्रेलियाबाट लिग खेल्न नेपाल आएका जगतिजको यो लिगमा पहिलो गोल हो। उनले गौतम श्रेष्ठको क्रसमा गोल गरेका थिए।

त्यसपछि खेलमा कुनै गोल नहुँदा आर्मीले खेल २–०ले जित्यो।