सहिद स्मारक ए डिभिजन लिगमा विभागीय टिम त्रिभुवन आर्मी क्लब विजयी भएको छ। शनिबार च्यासल मैदानमा भएको खेलमा आर्मीले फ्रेन्ड्स क्लबमाथि २–१को पुनरागमन जित निकाल्यो।
च्यासल मैदानमा १ गोलले पछि परेको अवस्था उल्टाउँदै आर्मीले जित निकाल्यो। आर्मीलाई लिगमा दोस्रो जित दिलाउन गिल्स्पेजंग कार्की र दीपक गुरुङले गोल गरे भने फ्रेन्ड्सका राफिक अमिनुले गोल गरे।
छैटौं मिनेटमा राफिक अमिनुको गोलमा खेलमा फ्रेन्ड्सले सुरुआती अग्रता लियो। २४औं मिनेटमा गिल्स्पेजंग कार्कीले गोल गर्दै आर्मीलाई खेलमा फर्काए । त्यसपछि खेलको इन्जुरी समयमा दिपक गुरुङले गोल गर्दै आर्मीलाई २–१ को जित दिलाए ।
जितसँगै आर्मीले ५ खेलमा ८ अंक जोडेको छ । फ्रेन्ड्सले ५ खेलमा ४ अंक जोडेको छ ।