°
, May 30, 2023 in

डिफेन्डिङ च्याम्पियन मछिन्द्रको लागतार दोस्रो हार, आर्मीको जित

SHARE:

डिफेन्डिङ च्याम्पियन मछिन्द्र क्लबले सहिद स्मारक ए डिभिजन लिगमा खराब सुरुआत गरेको छ। लिगमा मछिन्द्रले लगातार दुई हार बेहोरोको छ।

लिगअन्तर्गत बिहीबार च्यासल मैदानमा भएको खेलमा मछिन्द्र क्लब त्रिभुवन आर्मी क्लबसँग २–० ले पराजितभयो । यसअघि उ पहिलो खेलमा जवालाखेल युथ क्लबसँग पराजित भएको थियो।

आर्मीलाई जित दिलाउन दिपक गुरुङ र नवयुग श्रेष्ठले एक गोल गरे। आर्मीले जितका लागि दुवै गोल दोस्रोहाफमा गरेको थियो।

पहिलो हाफ गोलरहित बराबरीमा सकिएको खेलमा ४८औं मिनेटमा दिपकको गोलमा आर्मीले अग्रता लियो । उनले हेडिङमार्फत गोल गरेका थिए। ५९औं मिनेटमा कप्तान नवयुगले पेनाल्टीमा गोल गर्दै अर्मीलाई लिगमा पहिलो जित दिलाए ।

जितसँगै आर्मीले २ खेलमा ४ अंक जोडेको छ । उ पहिलो खेलमा संकटा क्लबसँग बराबरीमा रोकिएको थियो । यता, डिफेन्डिङ च्याम्पियन मछिन्द्र अंकबिहीन छ।

SHARE: