सहिद स्मारक ए डिभिजन लिगमा त्रिभुवन आर्मी क्लब बराबरीमा रोकिएको छ। एन्फा कम्प्लेक्स सातदोबाटोमा बुधबार भएको खेलमा आर्मी र हिमालयन शेर्पासँग १–१ गोलको बराबरीमा रोकिएको हो ।
खेलमा सुरुआती अग्रता जोगाउन नसक्दा आर्मी अंक बाँड्न बाध्य भयो । २६औं मिनेटमा कप्तान जर्ज प्रिन्स कार्कीले गोलमा आर्मीले सुरुआती अग्रता लियो। उनले टेकबहादुर बुढाथोकीको पासा गोल गरेका थिए।
६५ औं मिनेटमा हिमालयन शेर्पाका मुताम्बा पिस्टोनले गोल गर्दै खेललाई १–१ गोलको बराबरीमा ल्याए। उनले आशिष गुरुङको पासमा गोल गरेका थिए। खेलको इन्ज्युरी समयमा गोलकिपर विकेश कुथुले रातो कार्ड पाएपछि आर्मी १० खेलाडीमा समेटिएको थियो।
यस बराबरीसँगै ११ खेलमा १९ अंक जोडेको आर्मी लिगको तेस्रो स्थानमा छ भने हिमालयन शेर्पाले समान खेलबाट १३ अंक जोड्दै आठौं स्थानमा छ।