आर्मीलाई हराउँदै सातदोबाटो केपी ओली कपको फाइनलमा

Read Time:1 Minute

सातदोबाटो युथ क्लब केपी ओली कपको फाइनलमा प्रवेश गरेको छ। सोमबार भएको फाइनलमा विभागीय टिम त्रिभुवन आर्मी क्लबलाई पेनाल्टी सुटआउटमा ६–५ले हराउँदै सातदोबाटो फाइलनमा पुगेको हो।

वर्षाका कारण आर्मी र सातदोबाटोबीचको खेल आइतबार बीचमै रोकिएको थियो। खेल दोस्रो हाफको सुरुआतमै रोकिएको थियो। त्यसपछि सोमबार दोस्रो हाफ भएको हो।

निर्धारित समयको खेल गोलरहित बराबरीमा सकिएपछि खेल पेनाल्टीमा गएको थियो।

पेनाल्टीमा सातदोबाटोका सुदिप गुरुङ, अब्दुल अबुबकारी, एकराज बुढाथोकी, विलियम एसीडोउ, सुरज गुरुङ, पासाङ लामाले गोल गरे । दिपकराज ठकुरीको प्रहार आर्मीका गोलकिपर विकेश कुथुले उत्कृष्ट बचाउ गरेका थिए।।

आर्मीका दिनेश हेन्जन, टेक बहादुर बुढाथोकी, सेसेहाङ आङदेम्बे, नवयुग श्रेष्ठ र दिपक गुरुङले गोल गरेका थिए। सुदिल राईको प्रहार सातदोबाटोका गोलकिपर अविशेक बरालले बचाए भने विकास खवासको प्रहार क्रसबारमा लागेर बाहिरिएको थियो ।

अब फाइनलमा सातदोबाटोले आयोजक केपी ओली एफसी र मछिन्द्र फुटबल क्लबबीचको विजेतासँग खेल्नेछ ।

राष्ट्रिय युवा संघ नेपालले आयोजना गरेको प्रतियोगिताको विजेताले उपाधिसहित १० लाख नगद तथा उपविजेताले ५ लाख नगद प्राप्त गर्ने आयोजकले जनाएको छ ।

Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %
Previous post पिएनजीविरुद्ध प्रतिशको डेब्यू, चार फास्टबलर मैदानमा
Next post यू–१९ विश्वकप छनोट : चम्किए नेपाली बलर, हङकङ १२० रनमै अलआउट
Close