मुख्यमन्त्री कप भलिबलमा आर्मी च्यामिपयन

Read Time:1 Minute

मुख्यमन्त्री कप राष्ट्रिय पुरुष भलिबलको उपाधि त्रिभुवन आर्मी क्लबले जितेको छ। शनिबार धनगढीमा भएको विभागीय डर्बी फाइनलमा नेपाल पुलिस क्लबलाई ३–१को सोटमा हराउँदै आर्मीले उपाधि जितेको हो ।

पहिलो सेट आर्मीले २५–२५ ले जित्यो भने दोस्रो सेट २५–२० ले जित्यो । तेस्रो सेटमा पुलिस २५–१८ले विजयी भएपछि खेल रोमाञ्चक बनेको थियो । चौथो सेट २५–२२ ले जित्दै आर्मीले उपाधिमाथि कब्जा जमाएको हो।

यस्तै गण्डकी प्रदेशले तोस्रो भयो । तेस्रो स्थानका लागि भएको खेलमा गण्डकीले अर्को विभागीय टिम एपिएफलाई ३–१ कै सेटमा हरायो ।

उपाधिसँगै आर्मीले ४ लाख रुपौयाँ प्राप्त गर्दा पुलिसले २ लाखमा चित्त बुझायो। तेस्रो भएको गण्डकीले १ लाख र चौथो भएको एपीएफले ५० हजार रुपैयाँ प्राप्त गरे।

प्रतियोगिताका सर्वोत्कृष्ट खेलाडी आर्मीका मानबहादुर श्रेष्ठ भए । उनले नगद १५ हजार प्राप्त गरे। यस्तै उदयमान खेलाडी सुदूरपश्चिमका दिनेश चन्द, उत्कृष्ट लिफ्टर आर्मीका हरिहजुर थापा, उत्कृष्ट स्पाइकर नेपाल पुलिस क्लबका रविन चन्द, उत्कृष्ट ब्लकर आर्मीका हरि अधिकारी, उत्कृष्ट डिफेन्सर गण्डकीका राजन दर्लामी, उत्कृष्ट सर्वर नेपाल पुलि क्लबका इमराना मगर र उत्कृष्ट प्रशिक्षक आर्मीका जगतबहादुर सिंह भए।

Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %
Previous post भक्तपुर खुला व्याडमिन्टन उपाधि दिपेश र रशिलालाई
Next post बागमती प्रदेश खेलकुदमा चितवन च्याम्पियन
Close