घरेलु मैदानमा उपाधि जित्ने झापा–११को सापना पाँचौं प्रयासमा पनि असफल भएको छ। घरेलु मैदान डोमलाल राजवंशी रंगशालामा हुने झापा गोल्डकपका पाँचवटै संस्करणको फाइलन खेल्दा पनि झापा ११को उपाधि जित्ने सपना अधुरै रहेको हो।
पाचौं संस्करणको फाइनल सोमबार त्रिभुवन आर्मीसँग प्रतिस्पर्धा गरेको झापा–११ २–१ले पराजित भयो । झापा–११ फाइलनमा लागातार चौथो पटक आर्मीसँग पराजित हुँदै उपविजेतामा सीमित बनेको हो।
यता, आर्मीको भने झापा गोल्डकपको यो लगातार चौथो उपाधि हो । आर्मीलाई जित दिलाउन टेकबहादुर बुढाथोकी र जर्जप्रिन्स कार्कीले गोल गरे भने झापाका विमल घर्तिमगरले गोल गरे।
खेलमा तीनै गोल ६ मिनेटमा सम्भव भएको थियो। १८औं मिनेटमा टेकबहादुर बुढाथोकीको गोलमा आर्मीले अग्रता लियो । त्यसको दुई मिनेट पछि नै आर्मीले अग्रता दोब्बर बनायो। २०औं मिनेटमा जर्जप्रिन्स कार्कीले गोल गरे।
२४औं मिनेटमा विमलले गोल गर्दै झापालाई खेलमा फर्काउने प्रयास गरे पनि त्यसपछि गोल नहुँदा झापाको उपाधि जित्ने योजना अधुरै रह्यो ।
प्रतियोगितामा विजयी आर्मीले नगद १२ लाख ५५ हजार र उपविजेता झापा–११ ले छ लाख पाँच हजार रूपैयाँ हात पारेको छ । समापन समारोहमा झापा–११ फुटबल क्लबका फरवार्ड विशाल राई ‘ए’ लाइफ टाइम अचिभमेन्ट अवार्डबाट सम्मानित गरिएको छ ।