सदिह स्मारक ए डिभिजन लिगमा त्रिभुवन आर्मी क्लब विजयी भएको छ। मंगलबार सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा भएको खेलमा आर्मीले जावलाखेल युथ क्लबमाथि ३–१को सहज जित निकाल्यो।
यो जितसँगै आर्मी लिगको पाँचौं स्थानमा उक्लिएको छ। ८ खेलमा १२ अंक छ। जवलाखेल भने ८ खेलमा १४ अंकसहित दोस्रो स्थानमा छ।
आर्मीको जितमा जिलेस्पीजंग कार्की, नवयुग श्रेष्ठ र सुदिल राईले एक गरे भने जावलाखेलका सुनिल खड्काले एक गोल फर्काए ।
जिलेस्पीजंग कार्कीले १६औं मिनेटमा गोल गर्दै आर्मीलाई सुरुआती अग्रता दिलाए। पहिलो हाफ १–०मै सकियो ।
५२औं मिनेटमा नवयुगले पेनाल्टीमा गोल गर्दै आर्मीको अग्रता दोब्बर पारे। ६२औं मिनेटमा सुनिलले गोल गर्दै जावलाखेललाई खेलमा फर्काउने प्रयास गरे। तर सुदिलले ८०औं मिनेट गोल गरेपछि आर्मीले ३–१को सहज जित निकाल्यो।