पोखरामा जारी नेपाली राष्ट्रिय फुटबल टिमको बन्द प्रशिक्षणबाट तीन खेलाडी बाहिरिएका छन्। प्रशिक्षक अब्दुल्लाह अल्मुताइरीले स्ट्राकइर अभिषेक रिजाल, डिफेन्डर शिशिर लेखी र गोलपिकर अर्पण कार्कीलाई बाहिर राख्दै २५ सदस्यीय टिम छनोट गरेका छन्।
नेपाली राष्ट्रिष्य टिमले भारतविरुद्धको २ मैत्रीपूर्ण खेल र आसन्न साफ च्याम्पियनसिपका लािग दुईसातदेखि पोखरामा बन्द प्रशिक्षण गरिरहेको छ। अघिल्लो साता मात्र अल्मुताइरीले बन्द प्रशिक्षणबाट भरत खवास, रञ्जित धिमालसहित १० खेलाडीलई बाहिर राख्दै २८ सदस्यीय टिम बनाएका थिए।
साफ च्याम्पियनसिपअघि नेपालले आगामी भदौ १७ र २० गते भारतसँग दुई मैत्रीपूर्ण खेल खेल्ने छ।
साफ च्याम्पियनसि मादिल्भ्समा १ अक्टोबरदेखि १६ अक्टोबरसम्म चल्ने छ। नेपालले उद्घाटन खेलमा १ अक्टोबरमा अयोाजक माल्दिभ्ससँग खेल्ने छ भने दोस्रो खेल ४ अक्टोबरमा श्रीलंकासँग खेल्ने छ । यस्तै नेपालले तेस्रो खेल भारतसँग १० अक्टोबरमा खेल्ने छ भने लिगको अन्तिम खेल बंगलादेशसँग १३ अक्टोबरमा खेल्नेछ।
कोरोनाका कारण पाकिस्तान र भुटान सहभागी नभएपछि प्रतियोगितामा ५ टिम मात्र सहभागी छन् । प्रतियोगिताको फाइनल १६ अक्टोबरमा हुने छ।