फुलहमसँग पराजित हुँदै आर्सनलले गुमायो शीर्ष स्थानमा उक्लने मौका

1 Jan, 2024

इंग्लिस प्रिमियर लिगमा आर्सनल सन् २०२३ को अन्तिम खेलमा पराजित भएको छ। शीर्ष स्थानमा रहेर नयाँ वर्षको सुरुआत गर्ने अवसर गुमाएको छ।

आइतबार राति भएको खेलमा अग्रता जोगाउन नसक्दा आर्सनल फुलहमसाग २–१ले पराजित भयो।

यो हारसँगै आर्सनले ४० अंकका साथ चौथो स्थानमा छ। एक खेल कम खेलेको लिभरपुल ४२ अंकसहित शीर्ष स्थानमा छ भने ४२ अंक नै जोडेको एस्टन भिल्ला दोस्रो र ४० अंकसहति म्यान्चेस्टर सिटी तेस्रो स्थानमा छ। फुलहयाम २४ अंकसहित १३ औं स्थानमा उक्लिएको छ।

पाचौं मिनेटमा बुकायो साको गोलमा आर्सनले सुरुआती अग्रता लियो। तर, २९ औं मिनेटमा राउल जिमिनेजले गोल गर्दै फुलहमलाई खेलमा बराबरीमा ल्याए। उनले टम केरिनीको पासमा गोल गरेका थिए।

यस्तै, बोबी रेइडले ५९ औं मिनेटमा गोल गर्दै फुलह्यामलाई २–१ ले जित दिलाए।