°
, June 4, 2023 in

आर्सनल र टोटनहम पराजित

SHARE:

इंग्लिस प्रिमियर लिगमा शीर्ष चारको दौडमा रहेका आर्सनल र टोटनहम भने पराजित भए । शनिबार राति भएको खेलमा पराजित भएसँथै दुवैलाई शीर्ष चारमा लिग सकाउने अभियानमा धक्का लागेको छ।

शनिबार राति भएको खेलमा टोटनहम ब्राइटन र आर्सनल साउथह्याम्पटनसँग समान १–०ले पराजित भए। टोटनहमविरुद्ध जित दिलाउन ब्राइटनका लिएन्द्रो ट्रोसादले गोल गरेका थिए भने आर्सनलविरुद्ध साथउह्याम्पटनलाई जित दिलाउन जान बेनड्रेकले गोल गरेका थिए।

यस्तै अर्को खेलमा ब्रेन्टफोर्डले वार्टफोर्डमाथि २–१को जित निकाल्यो।

५७ अंकसहित टोटनहम चौथो स्थानमा रहँदा ५४ अंक जोडेको आर्सनल छैठौं स्थानमा छ।

SHARE: