समाचार

आर्सनल रोकियो, वेस्टहम शीर्ष स्थानमा

इंग्सिल प्रिमियर लिगमा आर्सन रोकिएको छ। शनिबार राति भएको खेलमा आर्सनले १० खेलाडीमा समेटिएको फुलहमसँग २–२ गोलको बराबरीमा रोकिएको हो।

खेलको पहिलो मिनेटमै आन्द्रेस परेइरले गोल गर्दै फुलहमलाई अग्रता दिलाएका थिए। तर बुकायो साकाले पेनाल्टीमा ७०औं मिनेटमा आर्सनलका लागि बरनबरी गोल फर्काए।

त्यसको दुई मिनेटपछि फाबियो भिएराको पासमा एडवार्ड एनकेतिहले गोल गर्दै आर्सनललाई २–१ को अग्रता दिलाए। ८३औं मिनेटमा फुलहम १० खेलाडीमा समेटियो। उसका काल्विन बासीले रातो कार्डा पाएका थिए।

तर, त्यसको फाइदा आर्सनलले उठाउन सकेन । ८७औं मिनेटमा जाओ पाल्हिन्हाले फुलहमका लागि बरारबी गोल गरेका थिए।

यता, वेस्टह्याम ब्राइटनलाई ३–१ ले हराउँदै प्रिमियर लिगको शीर्ष स्थानमा उक्लेको छ। यो नतिजाले ब्राइटनको लगातार जितको सुरुआतमा पूर्णविराम लागेको छ ।

लिग तालिकामा वेस्टह्यामको तीन खेलबाट सात अंक भएको छ। टोटनहम र आर्सनल पनि समान सात अंकमा छन्। टोटनहमले यसअघि बर्नमाउथलाई २–० ले हराएको थियो।