°
, June 2, 2023 in

क्रिस्टल प्यालेसमाथि आर्सनलको जित, शीर्ष स्थानमा ८ अंकको अग्रता

SHARE:

प्रिमियर लिगमा लिग लिडर आर्सनलले सानदार जित निकालेको छ। आइतबार राति भएको खेलमा आर्सननले क्रिस्टल प्यालेसलाई ४–१को जित निकाल्यो।

घरेलु मैदान एमिरेट्स स्टेडियममा भएको खेलमा आर्सनलका लागि साकाले दुई तथा ग्याब्रिअल मार्टिनेली र ग्रानिट जाकाले गोल गरे।

२८औं मिनेटमा मार्टिनेलीको गोलमा आर्सनलले अग्रता लियो । उनले साकाको पासमा गोल गरेका थिए। ४३औं मिनेटमा साकाले आर्सनलको अग्रता दोब्बर बनाए । पहिलो हाफ त्यतिमै सकियो।

५५औं मिनेटमा जाकाले आर्सनलका लागि तेस्रो गोल गरे। उनले लिसान्ड्रो ट्रोसार्डको पासमा गोल गरेका थिए। ६३औं मिनेटमा प्यालेसका जेफ्री स्कल्पले गोल गर्दै खेलमा फर्कने प्रयास गरे। तर, ७४औं मिनेटमा साकाले गोल गरेपछि आर्सनलले ४–१को सहज जित निकाल्यो।

जितसँगै आर्सननले शीर्ष स्थानमा ८ अंकको अग्रता बनाएको छ। जितपछि उसको २८ खेलमा ६९ अंक भएको छ। एक खेल कम खेलेको म्यान्चेस्टर सिटीको ६१ अंक सहित दोस्रो स्थानमा छ। २७ अंकसहि प्यालेस १२औं स्थानमा छ।

SHARE: