°
, June 1, 2023 in

इपिएल : आर्सनलको संघर्षपूर्ण जित, एभर्टनले चेल्सीलाई हरायो

SHARE:

आर्सनलले इ‌ंग्लिस प्रिमियर लिग फुटबलमा संघर्षपूर्ण जित निकालेको छ। आइतबार राति सम्पन्न खेलमा आर्सनलले वेस्ट ह्यामलाई २–१ गोल अन्तरले हराएको हो।

आर्सनलको जितमा रोब होल्डिङ र गाब्रियलले एक गोल गरे भने वेस्ट ह्यामका लागि जारोड बोवेनले एक गोल फर्काए। खेलको ३८औं मिनेटमा होल्डीङले गोल गर्दै आर्सनललाई सुरुवाती अग्रता दिलाएका थिए।

तर, ४५ औं मिनेटमा जारोड बोवेनले गोल गर्दै वेस्ट ह्यामलाई बराबरीमा ल्याए। त्यसपछि खेलको ५४औं मिनेटमा गाब्रियलले गोल गर्दै आर्सनललाई २–१ को जित दिलाए।

जितसँगै आर्सनलले ३४ खेलमा ६३ अंक जोडेको छ। आर्सनल चौंथो स्थानमा रहेको छ। वेस्ट ह्याम ५२ अंक जोडेर सातौं स्थानमा छ।

यसैगरी आइतबार भएको खेलमा एभर्टनले चेल्सीमाथि १–०को जित निकाल्यो । एभर्टनलाई जित दिलाउन रिचार्लिसनले निर्णायक गोल गरे । घरेलु मैदानमा उनले ४७ औं मिनेटमा ग्रेको पासमा गोल गरेका हुन् ।

यस्तै, टोटेनहमले लेस्टर सिटीलाई ३–१ ले हराएको छ। घरेलु मैदानमा कप्तान ह्यारी केनले २२ औं मिनेटमा गोल गर्दै टोटेनहमलाई सुरुआती अग्रता दिलाएका थिए । खेलको ६० औं मिनेटमा सनले गोल गर्दै टोलीको अग्रता दोब्बर बनाए ।

७९ औं मिनेटमा सनले व्यक्तिगत दोस्रो गोल गर्दै टोटेनहमको अग्रता ३–० को बनाए । त्यसपछि खेलको इन्जुरी समयमा लेस्टरका केलिचीले एक गोल फर्काएपनि टोटेनहम ३–१ ले विजयी भयो ।

जितसँगै३४ खेलमा ६१ अंक सहित टोटेनहम चौंथो स्थानमा छ भने लेस्टर ४२ अंक जोडेर ११ औं स्थानमाछ । यता, एभर्टनले ३३ खेलमा ३२ अंक सहित १८औं स्थानमा छ भने चेल्सी ६६ अंक जोडेर तेस्रो स्थानमा छ ।

SHARE: