लिग लिडर अर्सानल इंग्लिस प्रियिमर लिगमा बराबरीमा रोकिएको छ। आइतबर राति एन्डफिल्डमा भएको खेलमा २ गोलको अग्रता जोगाउन नसक्दा आर्सनल लिभरपुलसँग २–२को बराबरीमा रोकियो।
आर्सनल बराबरीमा रोकिँदा त्यको प्रत्यक्ष फाइदा दोस्रो स्थानको म्यान्चेस्टर सिटीलाई भएको छ। आर्सनलको ३० खेलमा ७३ अंक छ भने एक खेल कम खलेको सिटीको ६७ अंक छ। सिटीले अर्सानलसँग खेल्न बाँकी रहेकाले उसलाई फाइदा भएको छ। यदि त्यो खेलमा सिटी विजयी भए ऊ गोल अन्तरका आधारमा शीर्ष स्थानमा उक्लने छ।
खेलमा आर्सनलमा लागि दुई ब्राजिलियन खेलाडीले गोल गरे। उसका ग्याब्रियल मार्टिनेली र ग्याब्रियल जेसुसले गोल गरे। यता, लिभरपुलका लागि मोहम्मद सलाह र रोबर्टो फिर्मिन्होले गोल गरे।
खेलको आठौं मिनेटमै आर्सनलले अग्रता लियो। उसका लागि मार्टनेलीले गोल गरेका थिए। २८औैं मिनेटमा आर्सनलले अग्रता दोब्बर बनायो । मार्टिनेको क्रसमा जेसुसले हेडिङमार्फत गोल गरेका थिए।
४२औं मिनेटमा लिभरपुलले गोल फर्काउँदै खेलमा फर्कने संकेत ग¥यो। उसका मोहम्मद सलाहले गोल गरेका थिए। दोस्रो हाफमा लिभरपुलले निरन्तर दाबब बनायो।
५४औं मिनेटमा खेललाई बराबरीमा ल्याउने सुनौलो अवसर सलाहले खेर फाले। डिएगो जोटामा माथि फाउल भएपछि प्राप्त पेनाल्टीमा सलाहले गोल गर्न सकेनन्। उनको प्रहार बाहिरिएको थियो।
तर, ८७औं मिनेटमा अर्का ब्राजिलियन स्ट्राइकर फिर्मन्हो गोल गर्दै खेललाई बराबरीमा ल्याए। उनले अलेक्जेन्डर आर्नोल्डको पासमा गोल गरेका थिए। त्यसपछि पनि लिभरपुलले गोलमा दुई सुन्दर अवसर सिर्जना गरेको थियो। तर, दुवै अवसरमा आर्सनलका किरप आरोन रास्मडेल बाधक बने।
लिभरपुल २९ खेलबाट ४४ अंकसहित आठौं स्थानमा छ।