एफए कपमा म्यान्चेस्टर सिटी र आर्सनल भिड्दै

इंग्ल्यान्डको सबैभन्दा पुराना फुटबल प्रतियोगिता एफए कपमा आज राति दुई हेभिवेट क्लब म्यान्चेस्टर सिटी र अर्सानल भिड्दै छन्। एफए कपको चौथो चरणअन्तर्ग हुने लागेको यो खेल आज राति १ः४५ बजे सिटीको मैदा इत्तिहाद रंगशालामा हुनेछ।

यो सिजन इंग्लिस प्रियिमर लिगको होडमा रहेका यी दुई क्लब यो जिन पहिलो पटक भिड्न लागेका हुन्। यी दुईबीचको प्रिमियर लिगका दुवै खेल बाँकी नै छन्।

जारी सिजन उत्कृष्ट प्रदर्शन गरिरहेको आर्सनल इपिएलको शीर्ष स्थानमा छ भने सिटी आर्सनलभन्दा ५ अंकले पछि रहँदै दोस्रो स्थानमा छ।

आज हुने खेलमा आर्सनलका लागि बुकायो साका, मार्टिन ओडेगार्ड, ग्याब्रिअल मार्टिनेली, आरोन रामस्डेललगायत खेलाडी महत्वपूर्ण हुने छन् आर्सनललाई हराउने हो भने सिटीका लागि केभिन डे ब्रुयन, ज्याक ग्रेलिस, इर्लिङ हालान्ड, रियाद महारेज चम्कनु जरुरी छ।