लिभरपुल इंग्लिस प्रिमियर लिगको उपाधि होडमा फर्किएको छ। प्रियिमर लिगअन्तर्गत बिहीबार राति आर्सनललाई उसकै मैदानमा २–०ले हराउँदै लिभरपुले आफूलाई उपाधि होडमा उभ्याएको हो।
आर्सनललाई हराउँदै अघिल्लो साता शीर्ष स्थानाको म्यान्चेस्टर सिटी बराबरीमा रोकिएको फाइदा लिभरपुलले उठायो । गत जनवरीमा सिटीभन्दा १४ अंकले पछि रहेको लिभरपुले अंक दुरी १ अंकमा झरेको छ। यसक्रममा उसले लगातार नौ खेलमा जित निकालेको छ। आर्सनल ५१ अंकका साथ चौथो स्थानमा छ।
२९ खेलमा सिटीको ७० अंक छ भने समान खेलमा लिभरपुलको ६९ अंक भएको छ। लिगको उपाधिमा अप्रिल १० मा हुने यी दुई बीचको खेल निर्णायक खेल हुने देखिएको छ।
आर्सनलविरुद्ध लिभरपुललाई जित दिलाउन डिएगो जोटा र रोबर्टो फिर्मिन्होले गोल गरे। पहिलो हाफ गोलरहित बराबरीमा सकिएको खेलमा ५४औं मिनेटमा जोटाको गोलम लिभरपुलले अग्रता लियो । उलने थिएगो अल्कान्टाराको पासमा गोल गरेका थिए।
गोल गरेका दुई मिनेटपछि जोटा मैदानबाट बाहिरिए । उनकै स्थानमा मैदान छिरेका रोबर्टो फिर्मिन्होले ६२औं मिनेटमा गोल गर्दै लिभपुरलको अग्रता दोब्बर बनाए। उनले एन्डी रोबर्टसनको पासमा गोल गरेका थिए।
यसैगरी अर्को खेलमा टोटनहम विजयी भएको छ । क्रिस्टियन रोमेरो र ह्यारी केनको गोल मद्दतमा टोटनहमले ब्राइनटमाथि २–०को जित निकाल्यो । टोटनहम ४८ अंकका साथ सातौं स्थानमा रहँदा ब्राइटन ३३ अंकका साथ १३औं स्थानमा छ।