चेल्सी र आर्सनल विजयी

इंग्लिस प्रिमियर लिग फुटबलका दुई ठूला क्लब चेल्सी र आर्सनल विजयी भएका छन् । प्रियिमर लिगअन्तर्गत शनिबार राति भएका खेलमा चेल्सीले वाटफोर्डलाई ३–०ले हराउँदा आर्सनलले वुल्भ्सलाई २–०ले हरायो ।

घरेलु मैदान स्टामफार्ड ब्रिजमा भएको खेलमा चेल्सीलाई जित दिलाउन ओलिभर जिरुड, विलिय र रोस बार्कलीले गोल गरे । चेल्सीले पहिलो हाफमा २ र दोस्रो हाफमा १ गोल गरेको थियो ।

२८औं मिनेटमा जिरुडको गोलमा चेल्सीले सुरुवाती अग्रता लियो । ४१औं मिनेटमा पेनाल्टीमा विलियनले गोल गरेपछि चेल्सीले पहिलो हाफमा २–०को अग्रता लियो । इन्जुरी समयमा बार्कलीले गोल गरेपछि चेल्सी ३–०ले विजयी भयो ।

यसैगरी शनिबार राति नै भएको खेलमा आर्सनलले वुल्भ्सलाई २–०ले हरायो । वुल्भ्सको मैदानमा भएको खेलमा आर्सनललाई जित दिलाउन बुकायो साका र एलेक्सजेन्डर लाकाजेट्ले गोल गरे । आर्सनलले दुवै हाफमा सनान एक गोल गरेको थियो ।

४३औं मिनेटमा साकाको गोल गर्दै आर्सनललाई अग्रता दिलाए । पहिला १–०मै सकियो । ८६औं मिनेटमा अलेक्जेक्टर लाकाजेट्ले गोल गरेपछि आर्सननले २–०को जित सुनिश्चित ग¥यो ।

जितपछि ३३ खेलबाट ५७ अंक जोड्दै चेल्सी म्यानचेष्टर युनाइटेडलाई पछि पार्दै चौथो स्थानमा फर्किएको छ । समान खेलाट ५५ अंकसहित युनाइटेड पाँचौमा छ । जितसँगै आर्सनल ४९ अंकका साथ लिगको सातौं स्थानमा उक्लिएको छ भने ५२ अंक जोडेको वुल्भ्स छैटौं स्थानमा छ ।

Facebook Comments Box

Leave a Reply

Your email address will not be published.