इंग्लिस प्रिमियर लिगमा लिड लिडर आर्सनलले पुनरागमन जित निकालेको छ । सोमबार राति घरेलु मैदानमा भएको खेलमा १ गोलले पछि परेको अवस्था उल्टाउँदै आर्सनलले वेस्टह्याममाथि ३–१को जित निकालेको हो।
आर्सनलको जितमा बुकायो साका, एडवार्ड एनकेइटा र ग्याब्रिअल मार्टिनेलीले गोल गरे।
खेलमा पहिलो हाफमा वेस्टह्यामले अग्रता लियो । २७औं मिनेटमा उसका साइद बेनरामाले पेनाल्टीमा गोल गर्दै टिमलाई अग्रता दिलाए।
तर दोस्रो हाफमा आर्सनलले पुनरागमन ग¥यो। ५३ औं मिनेटमा साकाले कप्तान मार्टिन ओडेगार्डको पासमा गोल गरेका थिए। ५८औं ब्राजिलिय स्ट्राइकर मार्टिनेलीले ग्रानिट जाकाको पासमा गोल गर्दै खेलमा आर्सनललाई अग्रता दिलाए।
६९औैं मिनेटमा एनकेइटाले गोल गरेपछि खेलमा आर्सनलले ३–१को अग्रता लियो । उनले ओडेगार्डको पासमा गोल गरेका थिए। त्यसपछि गोल नहुँदा अर्सानल विजयी भयो।
यो जितसँगै आर्सनलले शीर्ष स्थानमा ७ अंकको अग्रता लिएको छ। उसले १५ खेलमा ४० अंक जोडेको छ। ३३ अंक जोडेको न्युकासल दोस्रो स्थानमा छ। एक खेल कम खेलेको म्यान्चेस्टर सिटी ३२ अंकसहित तेस्रो स्थानमा छ। यता, वेस्टह्याम १४ अंकसहित १६औं स्थानमा छ।