इंग्लिस प्रिमियर लिगमा आर्सनल विजयी भएको छ। बिहीबार राति भएको खेलमा आर्सनले वुल्भ्समाथि १ गोलले पछि परेको अवस्था उल्टाउँदै २–१को पुनरागमन जित निकाल्यो।
एमिरेट्स मैदानमा भएको खेलको १०औं मिनेटमा ह्वाङ्ग हि चानले गोल गर्दै वुल्भ्सलाई अग्रता दिलाएका थिए । तर अन्तिमतिर सम्हालिन नसक्दा वुल्भ्स पराजित भयो।
८२ औं मिनेटमा निकोलस पेपेले आर्सनलका लागि बराबरी गोल फर्काए । खेलको इन्जुरी टाइममा वुल्भ्सका गोलकिपर जोसे साले आत्मघाती गोल गरेपछि आर्सनल २–१ ले विजयी भएको हो ।
जितपछि आर्सनले २४ खेलमा ४५ अंक जोडेर पाँचौं स्थानमा छ भने वुल्भ्स २५ खेलबाट ४० अंकसहित सातौं स्थानमा छ ।