म्यान्चेस्टर सिटीको सानदार जित, आर्सनल ५–०ले पराजित

डिफेन्डिङ च्याम्पियन म्यान्चेस्टर सिटीले इंग्लिस प्रिमियर लिगमा सानदार जित निकालेको छ। शनिबार भएको खेलमा सिटीले आर्सनलमाथि ५–०को सानदार जित निकालेको हो।

लिगमा सिटीको दोस्रो जित हो भने आर्सनलेको अगातार तेस्रो हार। सिटी पहिलो खेलमा टोटनहमसँग १–०ले पराजित भएको थियो भने दोस्रो खेलमा नर्विच सिटीलाई ५–०ले हराएको थियो । यता आर्सनल सुरुआती दुई खेलमा ब्रेन्टफोर्ड र चेल्सीसँग समान २–०ले पराजित भएको थियो।

घरेलु मदान एतिहादमा सिटीलाई जित दिलान फेरान टोरेसले २ गोल गरे भने ग्याब्रिअल जेसुस, रोड्री र इल्के गुन्डोगानले गोल गरे। सिटीले पहिलो हाफमा ३ र दोस्रो हाफमा २ गोल गरेको थियो।

सातौं मिनेटमै गुन्डोगानले जेसुसको पासमा गोल गर्दै सिटीलाई सुरुआती अग्रता दिलाए। १२औं मिनेटमा फेरान टोरेसले गोल गरेपछि सिटीले सुरुआतमी २–०को अग्रता बनायो। सुरुआतमै २ गोलले पछि परेको आर्सनल ग्रानिटा जाकाले रेडकार्ड पाएपछि झन दबाबमा आयो। ३५औं मिनेटमा जोआ कान्सेलोलाई खराब ट्याकल गरेपछि जाकाले रेड कार्ड पाएका थिए।

४३ औं मिनेटमा ग्याक ग्रेलिसका पासमा जिसले गोल गर्दै पहिलो हाफमा सिटीलाई ३–०को अवस्थामा ल्याए । सिटीका लागि चौथो गोल रोड्रीले डिबक्स बाहिरबाट गरे । उनले टोरेसको पासमा ५३औं मिनेटमा गोल गरेका थिए। ८४औं मिनटमा रियाद महारेजको पासमा टोरेसले गोल गरेपछि सिटीले खेल ५–०ले जित्यो।

खेलमा सिटीले ८१ प्रतिशत बल पोजेसन बनाउँदै आर्सनलको पोस्टमा २५ सट प्रहार गरेको थियो । जसमध्ये १० सट फ्रेममा थियो । यता, आर्सनलले एक मात्र सट प्रहार गरेको थियो, त्यो पनि फ्रेममा थिएन।

घरेलु मैदानमा ५ गोलभन्दा बढी अन्तरले लागतार तीन खेल जित्ने सिटी दोस्रो टिम हो। सिटीले अघिल्लो सिजनको अन्तिम खेलमा एभर्टनलाई ५–०ले हराएको थियो भने यो सिजनको पहिलो होम खेलमा नर्विचलाई पनि ५–०ले नै हराएको थियो। चेल्सीले सन् २०१० अगस्तमा पनि स्टामफार्ड ब्रिजमा लागतार तीन खेल ५ गोलभन्दा बढी अन्तरले जितेको थियो । यस्तै सिटले सन् २०१७को अक्टोबरमा पनि यस्तै उपलब्धि हासिल गरेको थियो।