रियल मड्रिडका स्पेनिस मड्रिडका मिडफिल्डर ड्यानी सेबालोस अझै एक सिजन लन्डन क्लब आर्सनलमै रहेन भएका छन् । अघिल्लो सिजन आर्सनलमै उत्कृष्ट प्रदर्शन गरेपछि रियल फर्किने चर्चा चलेका सेबालोन पुनः एक सिजन लोनमा आर्सनलमै बस्ने भएका हुन् ।
सेबालोसका विषयमा आर्सनल र रियलबीच सहमति भइसकेको अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरुले जनाएका छन् । तर, दुवै क्लबले आधिकारिक घोषणा भने गरेका छैनन् ।
२४ वर्षीय मिडफिल्डर सेवालोस लोनमा आर्सनल आएका थिए । उनले आर्सनलमा उत्कृष्ट प्रदर्शन गरेका थिए । अझ मिकेल अर्टेटा आएपछि उनी निकै जमैका थिए । सोही कारण अर्टेटाले सेबालोसलाई एक सिजन क्लबमा राख्ने निर्णय गरेका हुन् । नोभेम्बरमा कुर्कुचाको चोटका दुई महिना मैदान बाहिर रहेर फर्किएपछि उनी लयमा देखिएका थिए । उनले अघिल्लो सिजन ३६ खेल खेल्दै २ गोल गरेका थिए ।
सेवालोस सोमबार रियल म्याड्रिडको प्रशिक्षणमा सामेल भएका थिए । तर, आर्सनलसँग सहमति भएपछ िसेवालोस लन्डन फर्केर औपचारिक प्रक्रिया पूरा गर्ने बताइएको छ ।
यो सिजन रियलले युवा खेलाडी रेनियर जेसुसलाई जर्मन क्लब बोरुसिया डर्टमुन्ड, ताकेफुसा कुवो स्पेनिस क्लब भिल्लारियलमा लोनमा पठाएको छ । यस्तै, रियले जेसुस भालेजो ग्रानडा, फरान गार्सिलो रायोभालेकानोमा लोनमा पठाएको छ भने अर्चरफ हाकिमीलाई इन्टर मिलान, ओस्कार रोड्रिग्वेजलाई सेभिया, जाभी सान्चेजलाई भालाडोलिड, जर्ज डे फोन्डे र ड्यानी गोमेजलाई लोभान्टे र अल्बर्टो सोरोलाई ग्रानडामा बचिसेकको छ ।
यसैगरी ब्राहिम डियाज लोनमा इटालियन क्लब एसी मिलान र जेम्स रोड्रिग्वेज इंग्लिस क्लब एभर्टनमा स्थायी रुपमा जाने अन्तिम तयारीमा छन् ।