पुछारको बोर्नेमाउथसँग आर्सनलको पुनरागमन जित

Read Time:1 Minute

९७ औं मिनेटमा रेइस नेल्सनले उत्कृष्ट गोल गरेपछि प्रिमियर लिगको शीर्ष स्थानमा रहेको आर्सनलले पुछारको बोर्नेमाउथमाथि कठिन पुनरागमन जित निकालेको छ।

बोर्नेमाउथका फिलिप बिलिङले सुरूआती ९.११ सेकेण्डमा गोल गर्दै खेलमा अग्रता दिलाएका थिए। यो प्रियिमर लिगको दोस्रो फास्टेड गोल हो। यसअघि साउथह्याम्पटनका शेन लङले वाट्फोर्डविरुद्ध ७.६९ सेकेन्डमा गोल गरेका थिए। उक्त अग्रता बोर्नेमाउथले पहिलो हाफसम्म जोगायो ।

दोस्रो हाफको ५७ औं मिनेटमा मार्को सेनेसीले हेडरबाट गोल गर्दै बोर्नेमाउथको अग्रता दोब्बर पारे। त्यसपछि खेलमा फर्किएको आर्सनलका लागि थोमस पार्टी र बेन ह्वाइटले गोल गर्दै बराबरीमा ल्याए।

खेलको ६२ औं मिनेटमा पार्टीले गोल गर्दै आर्सनललाई २–१ को स्थितिमा ल्याए। त्यसको ८ मिनेटपछि ह्वाइटले गोल गर्दै खेललाई बराबरीमा ल्याए।

लगगभ बराबरीमा सकिन लागेको खेलको इन्जुरी समयमा नेल्सनले गोल गर्दै शीर्ष स्थानको आर्सनलाई महत्वपूर्ण तीन अंक दिलाए। नोभेम्बर १२ पछि पहिलो पटक खेल्दै गरेका विंगरले इन्जुरी समयको सातौं मिनेटमा २५ यार्ड टाढाबाट गोल गरेका थिए।

यो जितसँगै आर्सनलले प्रिमियर लिगको ५ अंकको अग्रता बनाएको छ। यता पराजित रेलिगेशन जोनको पुछारमा रहेको छ।

Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %
Previous post न्युकासलमाथि म्यान्चेस्टर सिटीको जित, वुल्भ्ससँग हार्‍यो टोटनहम
Next post ६ खेलपछि चेल्सीको पहिलाे जित
Close