इंल्गिस प्रिमियर लिगमा आर्सनल पराजित भएको छ। शनिबार राति गुडिन्सन पार्कमा भएको खेलमा शीर्ष स्थानको आर्सनल रेलिगेसन जोनमा रहेको एभर्टनसँग १–०ले पराजित भयो ।
पहिलो हाफ गोलरहित बराबरीमा सकिएको खेलमा एभर्टनलाई जित दिलाउन जेम्स ट्राकोवास्कीले ६० औं मिनेटमा गोल गरे। त्यसपछि गोल नहुँदा एभर्टन विजयी भयो।
जारी सिजन आर्सनल १४ खेलपछि पराजित भएको हो। प्रिमियरलिगमा उसको यो दोस्रो हार हो।
खेलमा ७१ प्रतिशत बल पोजेसन बनाउँदै आर्सनलले १५ सट प्रहार गरेकोमा ३ सट फ्रेममा थियो । यता, एभर्टनले १२ सट प्रहार गर्दा ४ सट फ्रेममा थियो।
हारपछि पनि आर्सनल शीर्ष स्थानमै छ । उसको २० खेलमा ५० अंक भएको छ । दोस्रो स्थानको सिटीको ४५ अंक छ। एभर्टन भने १८ अंकसहित १७औं स्थानमा छ।