इंग्लिस प्रिमियर लिगमा लिभरपुलले सानदार जित निकालेको छ। प्रिमियर लिगअन्तर्गत शनिबार राति भएको खेलमा लिभरपुलले आर्सनलमाथि ४–०को सानदार जित निकालेको हो।
एन्डफिल्डमा लिभरपुललाई जित दिलाउन चार फरक खेलाडीले गोल गरे । उसका लागि साडियो माने, मोहम्मद सलाह, डिएगो जोटा र टाकुमी मिनामिनोले गाmेल गरे।
साडियो मानेले ३९औं मिनेटमा गोल गर्दै लिभरपुललाई अग्रता दिलाएका थिए । दोस्रो हाफमा तीन गोल थप्यो । डिएगो जोटाले ५२औं, मोहम्मद सालाहले ७३औं र ताकुमी मिनामिनोले ७७औं मिनेटमा गोल गरेपछि लिभरपुलले सहज जित हात पारेको हो ।
खेलमा आर्सनलमाथि पूर्ण दबाब बनाएको थियो । उसले ६३ प्रतिशत बल पोजेसन बनाउँदै आर्सनलको पोस्टमा १९ सट प्रहार गर्दा ९ सट फ्रेममा थियो । यता, आर्सनलले ५ सट प्रहार गरेकोमा ३ सट फ्रेममा थियो ।
जितपछि १२ खेलबाट २५ अंक जोड्दै लिभरपुल दोस्रो स्थानमा उक्लेको छ । समान खेलबाट २९ अंकसहित चेल्सी शीर्ष स्थानमा छ । १२ खेलबाट २० अंकसहित आर्सनल पाँचौ स्थानमै यथावत छ ।