°
, May 29, 2023 in
0

९ खेलाडीमा सीमित आर्सनल वुल्भ्ससँग पारजित

SHARE:

प्रशिक्षक मिकेल अर्टेटाको टिम आर्सनल इंग्लिस प्रियिमर लिग फुटबलमा पराजित भएको छ । मंगलबार राति भएको खेलमा आर्सनल वुल्भ्ससँग २–१ले पराजित भयो ।

वुल्भ्सका लागि दुई पोर्चुगिज खेलाडी रुबिन नेभेस र जोआ माउटिन्होले गोल गरे भने आर्सनलका निकोलस पेपेले गोल गरेका थिए । खेलमा सुरुवाती अग्रता आर्सनलले लियो । ३२औं मिनेटमा पेपेले गोल गर्दै आर्सनललाई सुरुवाती अग्रता दिलाए ।

पहिलो हाफको इन्जुरी समयमा वुल्भ्सले खेललाई बराबरीमा ल्यायो । डेविड लुइसले वुल्भसका पेड्रो नेटोलाई लडाएपछि वुल्भ्सले पेनाल्टी पायो, लुइसले रातो कार्ड पाए । सो अवसरमा नेभेसले गोल गरेका थिए ।

त्यसपछि खेलको ४९औं मिनेटमा जोआ माउटिन्होले गोल गर्दै उल्भ्सलाई २–१ को जित दिलाए । ७२औं मिनेटमा बेर्नाड लिनोले रातो कार्ड पाएपछि आर्सनल ९ खेलाडीमा समेटिएको थियो । बर्नाडले डिबक्सबाहिर हातले बल छोएपछि रातोकार्ड पाएका थिए ।

जितसँगै उल्भ्सले २२ खेलमा २६ अंक जोडेको छ, उल्भ्स १४ औं स्थानमा रहेको छ । आर्सनल ३१ अंक जोडेर दशौँ स्थानमा रहको छ ।

यस्तै, मंगलबार रााति नै भएका अन्य खेलमा सेफिल्ड युनाईटेडले वेस्ट ब्रुमलाई २–१ ले हराएयो भने क्रिस्टल प्यालेसले न्युकासल युनाइटेडलाई पनि २१ ले नै हराएको छ ।

SHARE:

Leave a Reply

Your email address will not be published. Required fields are marked *