भारतले भन्यो– पाकिस्तानमा एसिया कप हुन्छ भने हामी खेल्दैनौं

Read Time:1 Minute

सन् २०२३ को एसियाकप क्रिकेट आयोजनाको जिम्मा पाकिस्तानले पाएको थियो। तर, प्रतियोगिता पाकिस्तानमै हुने सम्भावना न्यून छ।

किनभने पाकिस्तानमा एसिया कप भए भारताले आफू सहभागी नहुने घोषणा गरिसकेको छ। भातरले प्रतियोगिता तटस्था भूमिका गर्नु पर्ने बताइएको छ।

भारतकै विरोधपछि एसियाकप क्रिकेट पाकिस्तानर बाहिर गर्ने विषयमा एसियन क्रिकेट काउन्सिल (एसिसी)मा छलपल भइरहेको छ।

एसिसीका अध्यक्ष समेत रहेका बिसीसीआईका सचिव जय शाहले भारतीय टिमले तत्कालिन अवस्थामा भ्रमण गर्न नसक्ने बताएका छन्। त्यसैले उनले प्रतियोगिता तटस्थ भूमिमा सार्नुपर्ने बताएका छन्।

यता, एसिया कपका लागि भारतले पाकिस्तान भ्रमण नगरे आफूले पनि यसै वर्ष भारतमा हुने एकदिवसीय विश्वकप बहिष्कार गर्ने पाकिस्तानले बताएको छ। ‘भारतले पाकिस्तानमा एसिया कप खेल्दैन भने हामीले पनि विश्वकप भारतमा खेल्ने विषयमा विचार गर्नुपर्ने हुन्छ,’ पकिस्तान क्रिकेट बोर्ड (पिसिबी)का अध्यक्ष नजम सेठीले भने ।

एसिसीले एसिया कप क्रिकेटको स्थानको टुंगो मार्चमा हुने आईसिसीको बैठकबाट गर्ने निर्णय गरेको छ।

Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %
Previous post यू–२० महिला साफमा भुटानसँग भिड्दै नेपाल
Next post राष्ट्रिय महिला भलिबल : एपिएफको लय कायमै, आर्मीको लागतार दोस्रो हार
Close