इंग्ल्यान्डले पाँचौं तथा अन्तिम टेस्टमा सनसनीपूर्ण जित निकालेको छ। अन्तिम टेस्टको अन्तिम दिन सोमबार इंग्ल्यान्डले अस्ट्रेलियालाई ओभलमा ४९ रनले पराजित गर्दै एसेज सिरिजमा २–२ को बराबरी गरेको छ।
अस्ट्रेलिया अन्तिम दिन नाटकीय पतनको सिकार भएपछि इंग्ल्यान्डको सनसनीपूर्ण जित सम्भव भएको हो ।
जितका लागि ३ सय ८४ रन पछ्याइरेको अस्ट्रेलिया एक समय तीन विकेट गुमाएर २ सय ६४ रनको स्थितिमा थियो । तर त्यसपछि पूरा टिम ३ सय ३४ रन बनाएर अलआउट भयो।
यो टेस्टको समाप्तीसँगै सन्यास लिने घोषणा गरेका स्टुवार्ट ब्रोडले अन्तिम विकेट लिए। वर्षाले प्रभावित प्रभावित भएपछि बीचमा साढे दुई घण्टा खेल रोकिएको थियो र त्यस लगतै इंग्ल्यान्डले १९ बलमा ११ रन मात्र दिएर चार विकेट लिएको थियो। त्यही चार विकेटले अस्ट्रेलियाबाट इंग्ल्यान्डले खेल खोस्यो।
इंग्ल्यान्डका लागि अफ स्पिनर मोइन अलीले ७६ रनमा तीन तथा अलराउन्डर क्रिस वक्सले ५० रनमा चार विकेट लिए र इंग्ल्यान्डको जितको आधार तयार पारे।
एसेजको सुरुको २ टेस्ट अस्ट्रेलियाले सहज जित निकालेको थियो। त्यसपछि इंग्ल्यान्डले दुई फास्ट बलर मार्क उड, क्रिस वोक्स र अलराउन्डर मोइन अलीलाई टिममा राख्यो, उसले सिरिज बराबरी ग¥यो। यदि चौथो टेस्ट वर्षाले नरोकिएको भए सिरिज इंग्ल्यान्डले ३–२ले जित्ने थियो।