अशोक खड्कालाई तेक्वान्दोमा स्वर्ण

नेपाली तेक्वान्दो खेलाडी अशोक खड्काले दोश्रो ग्विन प्रो लिग अनलाइन तेक्वान्दो प्रतियोगितामा स्वर्ण पदक जितेका छन्।

यु–४० उमेरसमूहको एकल पुम्सेमा अशोकले सर्वाधिक ६.५६ अंक जोड्दै स्वर्ण जितेका हुन्। यो स्पर्धामा विभिन्न राष्ट्रका १३ खेलाडीले प्रतिस्पर्धा गरेका थिए। इन्डोनेसिया दोश्रो तथा मलेसिया तेश्रो भए।

मलेसियास्थित अल्मा तेक्वान्दो क्लबद्वारा आयोजित प्रतियोगिता ३० जुनमा भएको थियो। नतिजा भने सोमबार मात्र प्राप्त भएको खड्काले जानकारी दिएका छन्।

प्रतियोगितामा विभिन्न १९ राष्ट्रका करिब ५ सय खेलाडी सहभागी थिए।

Facebook Comments Box