एसिया कप क्रिकेट छनोटको तालिका सार्वजनिक, नेपालको खेल कोसँग कहिले ?

एसिया कप क्रिकेटको छनोटको तालिका सार्वजनिक भएको छ । एसियन क्रिकेट काउन्सिल(एसीसी)का अनुसार छनोट प्रतियोगिता ११ देखि २२ भदौसम्म मलेसियामा हुनेछ ।

एसिया कप छनोटमा आईसीसीका पूर्णसदस्य बाहेकका ६ टिम प्रतिस्पर्धा गर्ने छन् । जसमा नेपालसहित युएई, हङकङ, सिंगापुर, मलेसिया र ओमान छन् ।

नेपालले एसिया कप छनोटको पहिलो खेलमा १३ भदौमा बायुमास ओभल क्रिकेट मैदानमा ओमानसँग प्रतिस्पर्धा गर्ने छ । त्यस्तै १४ भदौमा यूएईसँग खेल्ने छ भने १६ भदौमा आयोजक मलेसिया, १७ भदौमा सिंगापुरसँग प्रतिस्पर्धा गर्ने छन् । त्यसैगरी नेपालले प्रतियोगिताको अन्तिम खेल १९ भदौ हङकङसँग खेल्ने छ ।

३० अगस्टमा हुने नेपाल र युएईबीचको खेलले एकदिवसीय अन्तर्राष्ट्रिय मान्यता पाउने छ । नेपाल र युएई दुवै एकदिवसीय मान्यता प्राप्ता राष्ट्र हुन् ।

छनोटको विजेता टिमले एसिया कपको समूह एमा रहेर भारत र पाकिस्तानसँग प्रतिस्पर्धा गर्ने छ । आईसिसीका पूर्णसदस्य भारत, पाकिस्तान, श्रीलंका र अफगानिस्तानले एसिया कपमा स्वतः स्थान बनाएका छन् ।

३० भदौदेखि युएईमा सुरु हुने प्रतियोगिता दुई समूह विभाजन गरेर राउन्टरोबिन लिगका आधारमा खेलाइने छ । एकदिवसीय प्रतियोगिताको समूह एमा भारत र पाकिस्तान र छनोटबाट आउने टिम रहेन छ भने समूह बीमा श्रीलंका, बंगलादेश र अफगानिस्तान छन् ।