एसिया कप क्रिकेट श्रीलंकामा हुने सम्भावना बढेको छ। पाकिस्तानमा हुने तय भएको एसियापक भारत र पाकिस्तानबीचको ‘राजनीतिक विवाद’का कारण श्रीलंकामा हुन लागेकोहो।
एसिसीले पनि प्रतियोगिता पाकिस्तानबाट सार्ने तयारी गरेको छ। भारतले प्रतियोगिताका लागि पाकिस्तान गर्ने बताए पछि एसिसीले प्रतियोगिता सार्ने तयारी गरेको हो।
आगामी सेप्टेम्बरमा हुने प्रतियोगितामा भारत र पाकिस्तानसँगै श्रीलंका, बंगलादेश र अफगानिस्तनले भाग लिँदैछन्। नेपाल एसिसी प्रिमियर कपको च्याम्पियन बन्दै एसिया कपमा छनोट भएको थियो। एक समूहमा भारत र पाकिस्तानसँगै नेपालले प्रतिस्पर्धा गर्दा अर्को समूहमा श्रीलंका, बंगलादेश र अफगानिस्तान छन्।
बंगलादेश र अफगानिस्तानले श्रीलंकामा प्रतियोगिता आयोजना गर्ने कदमलाई समर्थन गरेको भारतीय सञ्चार माध्यमले जनाएका छन्। प्रतियोगिताको लागि स्थानको अन्तिम निर्णय यसै महिनाको अन्त्यमा हुने अपेक्षा गरिएको छ।