एसियन सेन्ट्रल जोन भबलिबलमा नेपालले उज्वेकिस्तानलाई हरायो

Read Time:1 मिनेट

बंगलादेशमा जारी एभीसी एसियन सेन्ट्रल जोन पुरुष भलिबल च्याम्पियनसिपमा नोपल विजयी भएको छ। शुक्रबार साँझ ढाकामा भएको खेलमा नेपालले उज्वेकिस्तानमाथि ३–१को जित निकाल्यो।

पहिलो खेलमा आयोजक बंगलादेशसँग ३–०को सोझो सेटमा पराजित भएको नेपालको यो पहिलो जित हो। यो जितसँगै ५ टिम सहभागी प्रतियोगितामा फाइनल पुग्ने नेपालको सम्भावना जिवितै भएको छ।

ढाका मिरपुरस्थित शाहिद शुरवार्दी इन्डोर स्टेडियममा नेपालले पहिलो सेट १८–२५ ले गुमाएको थियो। त्यसपछि तीन सेट लागतार जित्दै नेपालले पहिलो जित निकाल्यो । नेपालले दोस्रो सेट २५–२१ र तेस्रो सेट २५–१८ ले सहजै जितेको थियो ।

तर, चौथो सेट भने निकै प्रतिस्पर्धात्मक बन्यो । २३–२३ को बराबरीमा रहेको सेटमा लागतरा दुई प्वाइन्ट लिँदै नेपाल २५–२३ले विजयी भयो।

राउन्ड रोबिनको आधारमा हुने प्रतियोगिताको शीर्ष दुई टोलीले फाइनलमा प्रतिस्पर्धा गर्नेछन्।

Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %
Previous post यू–१९ एसिया कपमा चलेन नेपालको बल र ब्याट, बंगलादेशसँग १५४ रनको फराकिलो हार
Next post ए डिभिजन लिगमा आज महाभीडन्त : मनाङ र मछिन्द्र भिड्दै
Close