
एसियन गेम्सका लागि एथ्लेटिक्सको छनोट वैशाख १५ र १६ गते हुने
१९औं एसियन गेम्सका लागि एथलेटिक्सको खेलाडी छनोट यही वैशाख १५ र १६ गते हुने भएको छ । नेपाल एथलेटिक्स संघले आइतबार सूचना जारी गर्दै एसियन गेम्सका लागि वैशाख १५ र १६ गते दुई दिने प्रारम्भिक छनोट त्रिपुरेश्वरस्थित दशरथ रंगशालमा हुने जनाएको छ। छन् ।
छनोटमा सहभागिताका लागि एथलेटिक्स संघले चार मापदण्ड समेत तोकेको छ । जसमा १३औं दक्षिण एसियाली खेलकुदमा पदक विजेता खेलाडीहरु, दक्षिण एशीयाली खेलकुद पछिका अन्तर्राष्ट्रिय प्रतियोगितामा सहभागी भई पदक विजेता खेलाडीहरु, १३औं दक्षिण एसियाली खेलकुदमा बन्द प्रशिक्षणमा समावेश भएका खेलाडीहरु र म्याराथनको हकमा नेपालगन्ज, पोखरा र नेपाल आर्मी म्यारथनका उत्कृष्ट खेलाडीहरुले सहभागिता जनाउन पाउनेछन् ।
छनोटमा ५ विभा समावेश गरिएको छ । जसमध्ये ८०० र १५०० मिटर इभेन्टमा पुरुषको मात्र समावेश छ भने ५०००, १०००० मिटर र म्याराथनमा भने पुरुष र महिला दुवै समावेश गरिएको छ ।
एसियन गेम्स चीनको होन्झोउमा सेप्टेम्बर १० देखि २५ सम्म आयोजना हुनेछ ।