एसियन गेम्स अनिश्चितकालका लागि स्थगित

Read Time:1 Minute

चीनमा आयोजना हुने भनिएको एसियन गेम्स अनिश्चित कालका लागि स्थगित भएको छ। चिनियाँ ओलम्पिक कमिटी र हाङजाउ एसियन गेम्स आयोजक कमिटी तथा एसियाली ओलम्पिक काउन्सिलको कार्यकारी समितिको छलफल पछि शुक्रबार प्रतियोगिता स्थगन गर्ने निर्णय गरेको हो।

चीनको होङझोउ सेप्टेम्बरका लागि तय भएको प्रतियोगिता कोरोना संक्रमण बढेसँगै स्थगित गरिएको बताइएको छ। तर, आयोजक चीनले प्रतियोगिता स्थगित गर्नुको प्रष्टसँग भने खुलाएको छ। केही समचार एजेन्सीहरुले कोरोना संक्रमण बढेपछि प्रतियोगिता स्थागित गरिएको उल्लेख गरेका छन्।

नेपालले एसियाली खेलकुदमा २३ खेलमा सहभागी हुने निर्णय गरेको थियो । सोही अनुसार मे दोस्रो सातासम्म खेलाडी दर्ताको समय रहेकाले अहिले सहभागी हुने सबै खेलको राष्ट्रिय टिम छनोट गरिरहेको थियो।

आयोजक संस्थाको आधिकारिक वक्तव्यमा प्रतियोगिताको नयाँ मितिपछि निर्धारण गरिने उल्लेख छ ।

Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %
Previous post लो स्कोरिङ म्याचमा नेपाल जिम्बाबे एसँग ३ विकेटले पराजित
Next post भलिबल लिगको उपाधि होडमा आर्मी र हेल्प नेपाल
Close