एसियन महिला भलिबल च्याम्पियनसिपका लागि ३० खेलाडी खेलाडी बन्द प्रशिक्षणमा

एसियन महिला भलिबल च्याम्पियनसिप र सेन्ट्रल जोन महिला भलिबल प्रतियोगिताका लागि नेपाल भलिबल संघले ३० खेलाडीलाई बन्द प्रशिक्षणमा बोलाएको छ।संघले पाँचौं संस्करणको आरबीबी एनभीए राष्ट्रिय च्याम्पियनसिपको प्रदर्शनका आधारमा ३० खेलाडीलाई प्रशिक्षणमा बोलाएको हो।

संघका उपाध्यक्ष निरोज मास्केसहित महिला टोलीका पूर्व प्रशिक्षक जगदिश भट्ट र प्रज्वल बहादुर सिंहको छनोट समितिले ३० खेलाडी छनोट गरेको हो।

बन्द प्रशिक्षणका लागि बेलाइएका खेलाडीमा त्रिभुवन आर्मी क्लबका सर्वाधिक ८ खेलाडी परेका छन् । यस्तै, न्यु डाइमन्ड स्पोट्र्स एकेडेमीका, नेपाल पुलिस र सशस्त्र प्रहरीका समान ७ खेलाडीले टिमा स्थान बनाउनँदा भक्तपुरकी एक जना पनि टिममा परेकी छिन्।

बन्द प्रशिक्षण सुरु गर्न राष्ट्रिय खेलकुद परिषद्ले स्वीकृति दिएपनि मिति भने अझै तोकिएको छैन । आजै बस्ने बोर्ड बैठकले प्रशिक्षणको मिति तय गर्ने बताइएको छ ।

एसियन महिला भलिबल च्याम्पियनसिपको २१ औं संस्करण फिलिपिन्समा अगस्ट २९ देखि सेप्टेम्बर २१ सम्म आयोनजा हुने छ।

यी हुन् बन्द प्रशिक्षणमा बोलाइएका खेलाडी :

आर्मी क्लब : सोफिया पुन, जानकी भण्डारी,सुनिता खड्का, कृपा अधिकारी, शान्ति थारु, सृष्टि खड्का, संगम महतो, सरस्वती जैसी ।

एपीएफ : रेश्मा भण्डारी, निरुता ठगुन्ना, सरस्वती चौधरी, उषा कुमारी बिष्ट, हिरा केसी, पुजा चौधरी, कविता भट्ट ,

न्यु डायमण्ड : प्रतिभा माली, अरुणा शाही, रिया कुवँर, सलिन श्रेष्ठ, बाल्मिका आचार्य, रिमा कुँवर, झरना श्रेष्ठ ।

नेपाल पुलिस : पुनम चन्द, कामना बिष्ट, उषा भण्डारी, कमला पुन, मनिषा चौधरी, लक्ष्मी चन्द, शान्तिकला तामाङ ।

भरतपुर : सरस्वती कट्टेल

Facebook Comments Box