एसियन महिला भलिवल च्याम्पियनसिप : अन्तिम समयमा किन निकालियाे नेपाल ?

एसियन महिला भलिबल च्याम्पियनसिपका तालिका सार्वजनिक भएको छ। एसियन भलिबल कन्फेडेरेनले शुक्रबार सार्वजनिक गरेको तालिकामा नेपाल भने पर्न सकेन ।

फिलिपिन्मा आयोजना हुने प्रतियोगिताका लागि नेपालले तयारी गरिरहेको रहेको थियो । नेपाली टिम विगत १ महिनादेखि बन्द प्रशिक्षण थियो ।

नेपाल कोरोना भाइरसको रेड जोनमा रहेकाले एसियन भलिबल कन्फेडेरेनले नेपाललाई प्रतियोगितामा सहभागीता नगराएको बताइएको छ। प्रतियोगिताको तयारी र सहभागीता सुनिश्चित गर्दै राखेपले समेत आर्थिक सहयोग गर्ने प्रतिबद्धता जनाएको थियो । तर अन्तिम समयमा आएर नेपालले प्रतियोगिता नखेल्ने भएको छ ।

च्याम्पियनसिपमा अब आयोजक फिलिपिन्स, थाइल्याण्ड, दक्षिण कोरिया, काजकिस्तान, चाईनिज ताइपे, इरान, अष्ट्रेलिया र उज्वेकिस्तानले सहभागिता जनाउनेछन् ।

सहभागी ८ टिमलाई २ समूहमा विभाजन गरिएको छ। सो अनुसार समूह एमा आयोजक फिलिपिन्स ,काजकिस्तान, चाइनिज ताइपेइ र उज्वेकिस्तान छन् समूह बीमा थाइल्याण्ड, दक्षिण कोरिया, इरान र अष्ट्रेलिया छन् । एसियन च्याम्पियनसिप आगामी अगष्ट २९ देखि सेप्टेम्बर ५ सम्म हुनेछ ।

Facebook Comments Box