नेपाली मूलकी डिफेन्डिर अस्मिता आले इंग्ल्यान्ड उमेर समूहको राष्ट्रिय टिममा परेकी छिन्। इंंग्लिस क्लब टोटनहमबाट व्यसायिक फुटबल खेलिरहेकी २२ वर्षीय अस्मितालाई समेट्दै इंग्ल्यान्डले स्पेनविरुद्धको मैत्रीपूर्ण खेलका लागि यू–२३ टिम घोषणा गरेको हो।
इंग्ल्यान्डले फेब्रुअरी १६ मा स्पेनविरूद्ध मैत्रीपूर्ण खेल खेल्ने तालिकाछ।
एस्टभिल्लाबाट टोटनहम आएकी अस्मिताले यसअघि इंग्ल्यान्डको यू–१७, यू–१८ र यू–१९ टिमबाट पनि खेलिसकेकी छिन्। जसमा उनले यू–१७बाट १३, यू–१८बाट ५ र यू–१९ बाट ४ खेल खेलेकी छिन्।
सन् २०२१ मा टोटनहम आएकी अस्मिताले टोटहमबाट ३० खेल खेल्दै २ असिस्ट गरेकी छिन्। त्यसअघि ४ सिजन एस्टन भिल्लामा बिताउँदा उनले २९ खेल खेल्दै १ असिस्ट गरेकी थिइन्।
उनी माथिल्लो डिभिजनको लिग खेल्ने पहिलो नेपाली मूलकी खेलाडी हुन्। डिफेन्डर अस्मिता अमृत आले र बसन्ती आलेकी छोरी हुन्। नेपालको तनहुँमा स्थायी घर भएका अमृत आले क्वीन्स गोरखा सिग्नलका सैनिक हुन्।