न्युकासलमाथि एस्टन भिल्लाको जित, ब्राइटनले वाटफोर्डलाई हरायो

इंग्लिस प्रिमियर लिगमा एस्टन भिल्ला विजयी भएको छ। शनिबार घरेलु मैदानमा भएको खेलमा एस्टन भिल्लाले न्युकासलमाथि २–०को जित निकाल्यो ।

पहिलो खेलमा एस्टन भिल्ला वाटफोर्डसँग ३–२ले पराजित भएको थिाये। यता न्युकासलको भने यो लागतार दोस्रो हार हो। उ पहिलो खेलमा वेस्टह्यामसँग ४–२ले पराजित भएको थियो।

ड्यानी इंग्सले पहिलो हाफको इन्जुरी समयमा उत्कृष्ट ओभर हेडकिक गोल गर्दै एस्टन भिल्लालाई अग्रता दिलाए । ६२औं मिनेटमा अनवर इल घाजीले पेनाल्टीमा गोल गर्दै भिल्लालाई २–०को जित दिलाए।

यसैगरी अर्को खेल ब्राइटनले वाटफोर्डलाई २–०ले नै हरायो। ब्राइटनको जितमा साने डुफेले १०औं र नेअल मुआपेले ४१औं मिनेटमा गोल गरेका थिए।