बंगलादेशको ढाकामा हुने ५औं अन्तर्राष्ट्रिय आमन्त्रण बीकेएसपी कप एथलेटिक्स च्याम्पियनसिपमा सहभागी हुन नेपाली टिम त्यसतर्फ प्रस्थान गरेको छ।
मंसिर २७ देखि २९ गतेसम्म हुने प्रतियोगिताका लागि यू–१७ का ७ खेलाडीसहितको ११ सदस्य नेपाली टिम ढाका प्रस्थान गरेको हो। प्रतियोगितामा ४ पुरुष र ३ महिला खेलाडी छन् ।
नेपालबाट पुरुषतर्फ पुष्प राज यादवले १०० मिटर, २०० मिटरदैडमा, ऋषि बहादुर कुमालले १०० मिटर दौड, सनिल गोर्खाली २०० मिटर दौड र ट्रिपलजम्पमा, विश्वराम कुँवरले ८०० र १५०० मिटर दौडमा भाग लिनेछन् ।
यस्तै, महिला तर्फबाट काथ्रिन बासुकलाले ८०० र १५०० मिटर दौड,ब्रिटिशा सिल्पकारले १०० र २०० मिटर दौडमा सिमा श्रेष्ठले १०० मिटर दौड र हाईजम्पमा सहभागिता जनाउने छन् । नेपालले पुरुष ४ गुणा १०० मिटर रिले दौडमा सहभागिता जनाउने छ।
एथलेटिक्स टिमलाई एथलेटिक्स परिवार, नेपालका मानार्थ सदस्य मुकुन्दहरी श्रेष्ठ, बुद्धबीर लामा, सल्लाहकार सुशिल नरसिह राणा, बाबु कृष्ण महर्जन, अध्यक्ष राजन खत्री, उपाध्यक्ष रमेश शाक्य, सदस्य रामकृष्ण महर्जनलगायतले शुभकामना दिँदै बिदाई गरे।
सिद्धान्त अधिकारी नेतृत्वमा रहेको टिममा सुषमा पाण्डे , बिना श्रेष्ठ अफिसियल र आशाराम गोठे प्रशिक्षक छन्।