भेनेजुएलाकी रोजासले जितिन् कीर्तिमानी स्वर्ण

भेनेजुएलाकी युलिमार रोजासले महिला त्रिपल जम्पमा विश्व कीर्तिमानसहित ऐतिहासिक स्वर्ण पदक जितेकी छिन्। टोक्यो ओलम्पिकमा आइतबार १५.६७ मिटर जम्प गर्दै रोजासले विश्व कीर्तिमानसँगै स्वर्णमा आफ्नो नाम लेखाइन्।

योसँगै उनी भेनेजुएलाका लागि स्वर्ण जित्ने पहिलो महिला खेलाडी बनिन् । ओलम्पिक स्टेडियममा रोजासले सन् १९९५ मा युक्रेनी खेलाडी इनिसाले बनाएको १५.५० मिटरको कीर्तिमान तोडिन्।

सोही स्पर्धामा पोर्चुगलकी मामोना प्याट्रिसियाले १५.०१ मिटरसहित रजत जितिन् भने स्पेनकी पेलेट्रियो अनाले १४.८७ मिटर जम्प गर्दै कास्य जितिन्।

Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %
Previous post डोना थापाले ए डिभिजिन लिग थ्री स्टारबाट खेल्ने
Next post मैत्रीपूर्ण खेलमा चेल्सीले आर्सनललाई हरायो
Close