एट्लेटिकाे विजयी

साविक विजेता एट्लेटिको म्याड्रिडले स्पेनिस ला लिगामा लगातार दोस्रो जित निकालेको छ।

घरेलु मैदानमा आइतबार राति भएको खेलमा एट्लेटिकोले इल्चेलाई १–० गोलले हरायो। एट्लेटिकोको जितमा अर्जेन्टिनी स्ट्राइकर एन्जल कोरेअ नायक बने।

एन्जलले ३९औं मिनेटमा रोड्रिगो डे पउलको पासमा गोल गरेका थिए । २६ वर्षीय एन्जलले एट्लेटिकोमा सानदार प्रदर्शन गरिरहेका छन्। उनले यस अघिल्लो खेलमा पनि दुई गोल गरेका थिए ।

लिगको पहिलो खेलका एन्जलकै दुई गोल सहयोगमा एट्लेटिकोले सेल्टाभिगोलाई २–१ ले पराजित गरेको थियो ।

एट्लेटिकोका एन्जल कोरेअ म्यान अफ दी म्याच भए। लगातार दोस्रो जितपछि ६ अंक बनाएको एट्लेटिको शीर्ष स्थानमा छ।