°
, June 2, 2023 in

मड्रिड डर्बीमा एट्लेटिकोसँग हार्‍यो रियल

SHARE:

ला लिगाअन्तर्गत आइतबार राति भएको मड्रिड डर्बी खेलमा रियल मड्रिड एट्लेटिको मड्रिडसँग १–० ले पराजित भएको छ । घरेलु मैदानमा प्राप्त यस जितपछि एट्लेटिकोले शीर्ष चारमा स्थान पकड रख्दै अर्को सिजन च्याम्पियन्स लिग खेल्ने सम्भावना बलियो बनाएको छ ।

एट्लेटिकोलाई जित दिलाउन यान्निक कारास्कोले खेलको ४०औं मिनेटमा पेनाल्टीमार्फत निर्णयाक गोल गरे।

जितपछि ३५ खेलबाट ६४ अंक जोडेको एट्लेटिकोले चौथो स्थानमा पकड बनाएको छ । लिगमा अब ३ खेल बाँकी रहँदा पाँचौ स्थानको बेटिसभन्दा एट्लेटिको ६ अंकले अघि छ । एट्लेटिकोसँग हारेपनि रियल मड्रिडले यसअघि नै शीर्ष स्थानमा रहेर उपाधि पक्का गरिसकेको छ । रियलको ८१ अंक छ ।

SHARE: