एट्लेटिको मड्रिड विजयी

स्पेनिस ला लिगामा एट्लेटिको मड्रिड विजयी भएको छ । शुक्रबार राति भएको खेलमा एट्लेटिकोले रियल मार्लोकालालई ३–०ले पराजित गरेको हो । घरेलु मैदानमा एट्लेटिकोको जितमा अल्भारो मोराटाले २ गोल गरे भने कप्तान कोकेले नाममा एकगोल रह्यो ।

मोराटाले २९औं मिनेटमा पेनाल्टीमा गोल गर्दै टिमलाई सुरुवाती अग्रता दिलाए । पहिलो हाफको अन्तिम मिनेटमा मोराटाले नै गोल गरेपछि खेलमा एट्लेटिकोले अग्रता दोब्बर बनायो । कोके ७९ औं मिनेटमा गोल गर्दै टोलीको जित सुनिश्चित गरे ।

खेलमा बल पोजेसन भने मालोर्काको बढी थियो । उसले ५१ प्रतिशत बल पोजेसन बनाएको थियो उसले एट्लेटिकोको पोस्टमा १२ सट प्रहार गरेकोमा १ सटमात्र फ्रेममा थियो । एट्लेटिकोले प्रहार गरेका १५ सटमध्ये ३ सट फ्रेममा थियो ।

जितसँगै एट्लेटिकोले शीर्ष तीनमा रहने आफ्नो सम्भावनालाई बलियो बनाएको छ । तेस्रो स्थानमा रहेको उसको ६२ अंक भएको छ । मोलार्का २९ अंकसहित रेलिगेशन जोनमा छ । पछिल्लो हारले उसमाथि रेलिगेशनको खतरा थप बढेको छ ।