स्पेनिस ला लिगामा बार्सिलोना पराजित भएको छ । शनिबार राति भएको खेलमा बार्सिलोना एट्लेटिको मड्रिडसँग १–०ले पराजित भयो ।
घरेलु मैदानमा एट्लेटिकोलाई जित दिलाउन इयानिक करास्कोले निर्णायक गोल गरेका थिए । करास्कोले पहिलो हाफको इन्जुरी समयमा निर्णायक गोल गरेका थिए ।
खेलमा ५५ प्रतिशत बल पोजेसन बनाउँदै एट्लेटिकोलाई निरन्तर दबाब दिए पनि बार्सिलोनाले गोल भने गर्न सकेन् । उसले एट्लेटिकोको पोस्टमा १३ सट प्रहार गर्दा ४ सट फ्रेममा थियो । यता एट्लेटिकोले ९ सट प्रहार गर्दा २ सट फ्रेममा थियो ।
जितसँगै एट्लेटिकोले शीर्ष स्थानको रियल सोसिसाडाडसँग अंक बराबरी गरेको छ । दुवैको समान २० अंक छ । एट्लेटिकोले १ खेल कम खेलेको छ । ८ खेलमा ११ अंक जोडेको बार्सिलोना १०औं स्थानमा छ ।
शीर्ष क्लब सोसिडाड र एट्लेटिकोको समान २० अंक छ । एट्लेटिकोले बार्सिलोनासंग ९ अंकको अग्रता समेत लिएको छ । बार्सिलोना ११ अंक सहित तालिकाको दशौं स्थानमा छ ।