स्पानिस ला लिगाको शीर्ष स्थानको एट्लेटिको मड्रिड लेभान्टेसँग पराजित भएको छ । शनिवार घरेलु मैदानमै भएको खेलमा एट्लेटिको लेभान्टेसँग २–० ले पराजित भएको हो।
लेभान्टेसँग एट्लेटिको घरेलु मैदानमा पाराजित भएको यो पहिलो पटक हो। लेभान्टेलको जितमा लेइस मोरालेस र जोर्ड डे प्रुटवसले गोल गरेका थिए। उसले दुवै हाफमा एक एक गोल गरेको थियो।
३०औं मिनेटमा जोस लुइस मोरालेसले गोल गर्दै लेभान्टेलाई अग्रता दिलाए । दोस्रो हाफको इन्जुरी टाइममा जोर्ग डे प्रुटवसले लेभान्टेको लागि दोस्रो गोल गरे। एट्लेटिकोका किपर जोआन ओब्ल्याक लेभान्टेको पोस्टमा गएको मौकामा जोर्गले आकाउन्टरमा सेन्टर नजिकैबाट गोल गरेका थिए।
खेलमा एट्लेटिको लेभान्टेमाथि पूर्ण दबाब बनाएको थियो । उसले २८ सट प्रहार गर्दा ११ सट फ्रेममा थियो । उसका केही उत्कृष्ट प्रहार लेभान्टेका किपर ड्यानियल कार्डेनासले बचाउ गरेका थिए।
यस सिजन ला लिगामा एट्लेटिकोको यो दोस्रो हार हो । हारपछि पनि २३ खेलबाट ५५ अंकसहित एट्लेटिको शीर्ष स्थानमा छ । ३१ अंक जोडेको लेभान्टे आठौं स्थानमा उक्लिएको छ ।