°
, June 4, 2023 in

ला लिडामा एट्लेटिको जित, तेस्रो स्थानमा उक्लियो

SHARE:

स्पेनिस ला लिगामा डिफेन्डिङ च्याम्पियन एट्लेटिको मड्रिड विजयी भएको छ । शुक्रबार राति भएको खेलमा एट्लेटिकोले कार्डिच सिटीमाथि २–१को जित निकाल्यो।

यो जितसँगै अंक तालिकाको एट्लेटिको तेस्रो स्थानमा उक्लिएको छ। जितसँगै एट्लेटिको २८ खेलमा ५१ अंक जोडेको छ। बार्सिलोना ४८ अंकसहित चौथो स्थानमा छ । यद्यपि बार्सिलोनाले २ खेल कम खेलेको छ।

एट्लेटिकोको जितमा जोआ फेलिक्स, रोड्रिगो डे पाउलले गोल गरे कार्डिचका अल्भारो नेग्रेडोले गोल गरेका थिए। खेलको तेस्रो मिनेटमै फेलिक्सको गोलमा एट्लेटिको अग्रता लियो ।

पहिलो हाफको अन्तिम मिनेटमा कार्डिचले बराबरी गोल फर्कायो । ४५औं मिनेटमा उनका नेग्रेडोले गोल गरेका थिए । ६८औं मिनेटमा अर्जेन्टिनी विंगर डे पाउलले गोल गर्दै एट्लेटिकोलाई २–१को जित दिलाए ।

एट्लेटिकोले खेलको अन्त्य १० खेलाडीमा रहेर ग¥यो । ८८ औं मिनेटमा उसका जाभी सेरानोले रेड कार्ड पाएका थिए ।

SHARE: